गोविन्द घिमिरेले सम्हाले एनएमबी बैंकको नेतृत्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2025 | 10:48:32 AM मा प्रकाशित

nepal oil ltd

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गोविन्द घिमिरेले सम्हालेका छन् । मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेले सम्हालेका हुन् ।

गत फागुनमा नै बैंक सञ्चालक समितिले १० वैशाख २०८२ देखि घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो । बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई सीईओ नियुक्त गरेको बैंकले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved