हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2025 | 04:02:01 PM मा प्रकाशित

nepal oil ltd

हिमालयन बैंक लिमिटेडले बत्तीसपुतली शाखालाई नयाँ स्थानमा सारेर आजबाट सेवा सुरु गरेको छ। बैंकले बत्तीसपुतलीस्थित साविक भवन/स्थानबाट स्थानान्तरण गरी वडा नं ९ को राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट सेवा प्रदान गर्ने गरी शाखा सञ्चालनमा ल्याएको हो।

बैंकले बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी नयाँ स्थानबाट औपचारिक रूपमा शाखा सञ्चालन गरिएको बैंकले जनाएको छ। उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपस्थितिमा गरेका हुन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved