आमालाई डिजिटल बैंकिङ सिकाउँदैः ज्योति विकास बैंकको भावनात्मक भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2025 | 02:54:05 PM मा प्रकाशित

nepal oil ltd

ज्योति विकास बैंकले आम उपभोक्तालाई डिजिटल बैंकिङप्रति सचेत बनाउन नयाँ प्रयास गरेको छ । बैंकले आमाको मुख हेर्ने दिन (मातातिर्थ औँसी) को अवसर पारेर डिजिटल बैंकिङका महत्वबारे सन्देश दिन विशेष भिडियो सन्देश सार्वजनिक गरेको छ ।

भिडियोमा एक आमाको कथा चित्रण गरिएको छ, जसमा आमा सामाजिक सञ्जाल प्रयोगमा सिपालु हुँदै गएकी देखिन्छिन् । छोरीको फोटोमा कमेन्ट गर्ने, टिकटक भिडियो बनाउने र फेसबुकमा सक्रिय रहनेजस्ता कार्यहरूमा रमाइरहेकी आमा, जब डिजिटल बैंकिङको कुरा आउँछ, त्यतिबेला भने डराउने र परम्परागत शैलीमा नै बैंक जान रुचाउने देखाइएको छ ।

यही सन्दर्भमा छोरीले आमालाई डिजिटल बैंकिङप्रति आत्मविश्वास दिलाउन आग्रह गर्दै भावुक सन्देश दिन्छिन्। उनले भनेकी छिन्, “हाम्रो जीवनका प्रत्येक क्षणमा आमाले हामीलाई सक्षम बनाएकी छन्। अब हाम्रो पालो हो—आमालाई डिजिटल दुनियाँमा अगाडि बढ्न सिकाउने, डिजिटल ठगी र स्क्यामबाट जोगिन सघाउने।”

ज्योति विकास बैंकले यो भिडियोमार्फत डिजिटल वित्तीय सेवाप्रति आम नागरिकमा विश्वास र सहजता विकास गर्ने उद्देश्य राखेको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved