ज्योति लाइफले सर्वसाधारणलाई ६६ करोडको सेयर जारी गर्ने, नेपालगंजमा खुल्यो शाखा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 08:55:59 AM मा प्रकाशित

laxmi  sunrise bank

असोज ८ देखि औपचारिक रुपमा व्यवसाय सुरु गरेको ज्योति लाइफ इन्स्योरेन्सले नेपालगंजमा आफ्नो शाखा संचालनमा ल्याएको छ। यससंगै ज्योति लाइफको शाखा संख्या १५ पुगेको छ। 

कम्पनीले यसबाट क्षेत्रीय कार्यालयको रुपमा सेवा प्रदान गर्ने जनाएको छ। यस क्षेत्रिय कार्यालय संचालन पश्चात आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा बीमाको साक्षरता तथा पहुँच अभिवृद्धी हुने कम्पनीको दावी छ।

हाल कम्पनीले ५ वटा जीवन बीमा योजना जारी गरी सेवा प्रदान गरिरहेकोे छ। कम्पनीले आगामी दिनमा नयाँ योजनाहरु ल्याई थप शाखा बिस्तार गर्ने जनाएको छ। 

उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, कीर्तिपुर, पुल्चोक र सुर्यविनायक तथा उपत्यका बाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ र टिकापुरमा कम्पनीको यसअघि नै शाखा संचालनमा आएका छन्।

यसपश्चात काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत आसपासका क्षेत्रमा बीमा साक्षरता तथा पहुँच अभिवृद्धी गर्नमा अग्रसर हुने कम्पनीले जनाएको छ। निकट भविष्यमा जनकपुर तथा विराटनगरबाट सेवा शुभारम्भ गर्ने बताइएको छ।

एनआइसी एसिया बैंकसहित संस्थागत तथा व्यक्तिगत गरी कम्पनीको प्रबद्र्धकमा ४२ सदस्य छन्। रजिष्टर्ड कार्यालय पोखरा र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौमा रहेको छ।

कम्पनीको जारि पुंजी २ अर्ब २० करोड मध्ये संस्थापक शेयरधनीबाट हुन आउने चुक्ता पुंजी १ अर्ब ५४ करोड रहेकोमा कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणका लागि ६६ करोडको साधारण शेयर जारि गर्ने भएको छ। कम्पनीको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका हुन्।

हाल ५ वटा जीवन बीमा योजना जारी गरी सेवा प्रदान गरिरहेकोे कम्पनीले आगमी दिनमा नयाँ योजनाहरु ल्याई थप शाखा विस्तार गर्ने जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved