नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र बिक्रि गर्ने, ब्याजदर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 09:09:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले ऋणपत्र जारी गर्ने अनुमती माग्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ । बैंकले ८।५ प्रतिशत ब्याजदर भएको ७ बर्षे अवधिको  ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र बिक्री गर्न बोर्डमा निवेदन दिएको हो।

बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको बोन्ड सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्कासन गर्नेछ।   

ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।  ऋणपत्र निष्काशनका लागि बैंकले सेबोनमा यहि असोज ५ मा निवेदन दिएको हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved