एनसेलले ल्यायो नयाँ डेटा अफर, इन्टरनेट शुल्क अब न्युनतम प्रति एमबि २ पैसा भन्दा कम शुल्कमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 12:29:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई दु्रतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्नेछन् । 

नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १०,००० एमबि सम्मका डेटा प्याकहरु रु १० देखि रु १५०० सम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार  कुनै पनि डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि रु १०० मा ५०० एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५०० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु १० मा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले रु १० मा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु ३० मा १०० एमबि, रु ५० मा २०० एमबि र रु ७० मा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजा लिन सक्नेछन् । 

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले रु १०० मा ५०० एमबि, रु ३०० मा १२५० एमबि, रु ५०० मा २५०० एमबि र रु १५०० मा १०००० एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । 

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । जस्तै रु १५०० मा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबि फोरजी डेटा बोनस प्राप्त गर्नेछन् र न्युनतम २ पैसा प्रति एमबिमा  डेटा सेवाको मजा लिन सक्नेछन् ।

यो योजना यहि बुधबार (भदौ २१) देखि ९० दिनको लागि लागु हुनेछ र फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु कर सहितका हुन् ।  

सुलभ दरमा दु्रतगतिको इन्टरनेटको मजाको लागि एनसेलका ग्राहकले  एस्ट्रिस्क१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस  पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिनेछ ।

‘‘इन्टरनेट सेवा अझ सुलभ बनाउदै नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौ । नजिकिदै गरेको चाडपर्व र देशको विभिन्न शहरमा फोरजी सेवा विस्तार भई सकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका कपोर्रेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याए पश्चात एनसेलले तदारुकताका साथ यो सेवा विस्तार गर्दै आइरहेको छ । हाल एनसेलको फोरजी सेवा देशको विभिन्न १९ शहरमा उपलब्ध  छ र एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा यो सेवा विस्तार गर्र्दैै ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने र डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved