ताम्राकारमा मोबाइल मेला सुरु, सामसुङ एस फोर, एस फाइभमा र डिटिसी टचमा ६० प्रतिशत छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 02:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले गरेका छन् । ताम्राकार मोबाइल बजारले मेला अबधीभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिब गुरु दत्तशर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्धभएको बताउँदै मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले मोबाइल बजारमा दशैंका बेलादिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएकाअफर तथा उपहार पनिउपभोक्ताले पाउने जानकारी दिए। नेपालीहरुको महान चाड बडादशैं तथातिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइलफोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गरिनेछ । यसैगरी दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुटुथ तथापावर बैंक लक्की ड्र मार्फत बितरण गरिनेव्यवस्थागरिएको मोबाइलबजारका अध्यक्ष जगत साउदले जानकारी दिए। यसैगरी साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गरिने छ ।

मोबाइल मेलाअवधीभर ताम्राकार मोबाइलबजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइलफोनको कारोबार हुने छ ।

बम्पर उपहार स्वरुपप्रदानगरिने सुजुकीको एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकीकम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकै गरिने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडीनै लक्की ड्र मार्फत बितरण गरिने छ ।

लेनेभो मोबाइल र मोटोरोला मोबाइलले यो मेलालाइ मुख्य प्रायोजकको रुपमा साथदिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved