टोयटाका दुई गाडी बजारमा, नयाँ अफर समेत सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2017 | 09:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

टोयटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले इटिओस प्लाटिनम र इटिओस लिभालाई नेपाली बजारमा भित्र्याएको छ।   यसअघि ल्याइएका इटिओस २८० युनिट बिक्री भएको र लिभा २७० वटा बिक्री भएको युनाइटेड ट्रेडर्स सिन्डिकेटका मार्केटिङ प्रमुख विवेकबहादुर बलामीले जानकारी दिए।

कम्पनीले नयाँ गाडी सहित नयाँ अफर समेत सार्वजनिक गरेको छ। दुई लाखसम्मको नगद छुटसहित स्पट एक्स्चेन्ज र एक्स्चेन्जमा ५० हजारसम्म छुटको व्यवस्था गरिएको युनाइटेडले जनाएको छ। २० हजार किलोमिटर वा दुई वर्षको वारेन्टी यी गाडीमा दिइएको छ।

इटिओस् प्लाटिनमको ग्राउण्ड क्लियरेन्स १७० मिटर र माइलेज २०.३२ केएमपिएल रहेको छ। इटियस लिभाले २३.५९ केएमपिएल माइलेज दिने र ग्राउण्ड क्लियरेन्स १७० मिटर रहेको कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved