वर्ल्डलिंकको उपहार बहार: सित्तैमा इन्टरनेट, टिभीसंगै दामी कार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 07:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘ए हजुर कता ! इस्क्राच गरौँ यता’ नामको अफर ल्याएको छ। यस योजना अन्तर्गत लक्की ड्र मा हरेक हप्ता १२ वटा ४३ इन्चको सामसुङ्ग फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्ने मौका ग्राहकले पाउने कम्पनीले जनाएको छ।

त्यस्तै ‘स्योर सट’ अफरमा हरेक ग्राहकले तीन महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा १ हजार नगद फिर्ताका साथै १२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको निशुल्क इन्टरनेट सेवा अथवा २ हजार नगद फिर्ता पाउने कम्पनीले जनाएको छ।

वल्र्डलिंकले ग्राहकवर्गमाझ केन्द्रित हुदैँ इन्टरनेट सेवा प्रदायकको रुपमा आफ्नो गुणस्तरलाई बढाउने लक्ष्य अनुसार सियोरसट, साप्ताहिक लक्की ड्र लगायत बम्पर अफरहरु प्रदान गर्न लागेको हो ।

कम्पनीका अनुसार यी अफरहरुको अवधि भदौ २७ बाट सुरु भई मंसिर २७ सम्म रहनेछ।अफरहरुका लागि यस अवधि भरमा ग्राहकहरुले भुक्तानी गर्दा एउटा इस्क्राच कार्डमा इस्क्राच गरी तोकिए बमोजिमका अफरहरु पाउन सक्नेछन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved