ताम्राकार मोबाइल मेलामा ५ हजार बढी स्मार्ट फोन बिक्री, ७ करोड ५० लाख बढीको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 03:37:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अबलोककर्ताको घुइँचो लागेको छ । दशैंतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाखभन्दा बढीको कारोबार भइसकेको बताए । लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामालक्की ड्रमार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक , ब्लुतुथ हेडफोनको लक्की ड्रमार्फत बितरण गरिएकोब्यापार संघका कोषाध्यक्षअनिल ढकालले जानकारी दिए ।

सोचे भन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्तशर्माले अशोजको पहिलो हप्ताबाट दैनकिब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।

मोबाइल पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइलबजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ  । हरेक बर्ष जस्तो यो बर्ष पनि दशंै देखि तिहार सम्म हरेक दिन लक्की ड्रमार्फत हरेक दिनमोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको छ ।

मोबाइल मेलाअबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ,  लेनेभोलगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार भइरहेको छ ।


बम्पर उपहार स्वरुपप्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकलदशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved