टाटाको ‘योद्धा’ नेपाली बजारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 07:05:48 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले योद्वा पिकअप नेपाली बजारमा भित्र्याएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त गाडी नेपाली बजारमा ल्याएको जानकारी गराएको हो। 

नेपाली सडकको लागि उत्कृष्ट रहेको दाबी गरिएको 'योद्वा' ओक पीकअप ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको कम्पनीले बताएको छ। 'योद्वा' मा २५० एन.एम टर्क उत्सर्जन गर्ने ८५ एचपीको ३.० लिटरको इञ्जिन रहेको जनाइएको छ। साथै यसको अगाडि हाइड्रोलिक, ट्वीन पट क्यालिपर डिक्स ब्रेक र पछाडि ड्रम ब्रेक समावेश छ।     

यस गाडीमा फराकिलो १६ इञ्चको  टायर र आरामदायिक यात्राको लागि पिकअप अन्यको भन्दा फरक छ। यसमा यसमा ३ जनाको लागि आरामदायिक सिट रहेको छ।


यस्मा गाडिको गति र यात्रा अवधिभरको रुटलाई सजिलै ट्रयाक गर्न सक्ने ट्रिप मिटर रहेको छ। उक्त गाडि १० हजार किलोमिटर वा ६ महिनामा एक पटक सर्भिसिङ गरे पुग्ने र ग्रिजिङ गर्नु नपर्ने कम्पनीले दाबी गरेको छ। ४५ लिटर इन्धन क्षमता रहेको योद्धाको कम्पनीले ३ वर्ष वा ३ लाख किलोमिटरको वारेण्टी दिएको छ। नेपाली बजारमा यसको मुल्य २० लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। 

सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष एस जेबि रानाले टाटा योद्धा नेपाली सडकको लागि निकै उत्कृष्ट रहेकोले अत्यधिक रुचाइने दाबी गरे।    

टाटा मोटर्स नेपालको उत्कृष्ट ब्राण्डको रुपमा चिनिएको र टाटा योद्वाले नेपालीहरुको अझ धेरै बिश्वास जित्नेमा आफु बिश्वस्त रहेको टाटा मोटर्स लिमिटेडका कमर्सियल भइकल इण्टरनेशनल बिजनेश यूनिटका भाइस प्रेसिडेण्ट रुद्ररुप मैत्रीले बताए। उनले अबको ६ महिनाभित्र योद्धा प्ल्याटफर्म अन्तरर्गत नयाँ भेरिएण्ट थप्ने जानकारी दिए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved