स्टार्टअप्स नेपालले दियो भविष्यका १६ उद्यमीलाई प्रक्षिशण,थप २ महिना फलोअप सेसनको अवसर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2017 | 10:00:00 AM मा प्रकाशित

laxmi  sunrise bank

स्टार्टअप्स नेपालले भविष्यमा उद्यमी बन्ने सपना बुनेकाहरुलाई प्रशिक्षण दिदै एनआईसी एसिया उद्यमी सीड क्याम्प- टेक संस्करण सफलतापुर्वक सम्पन्न गरेको छ। 

भदौ २८ मा सम्पन्न भएको ६ दिने लामो कार्यक्रममा चयन भएका १६ टिमहरूले आ-आफ्ना प्रविध समावेश भएको व्यवसायिक सोच  प्रस्तुत गरेका थिए। 

लगानीकर्ता, प्रशिक्षिक तथा अन्य सहभागिताहरु सामू प्रस्तुत गरिएको व्यवसायीक बिचार माथी, लगानीकर्ता तथा प्रशिक्षिकहरुद्वारा केहि समुहले व्यवसायिक मोडेल सुधार गर्न प्रतिक्रिया पाएका थिए भने केहिले लगानीकर्ताहरूबाट वास्तविक चासो पाए। 

कार्यक्रममा भिन्न व्यवसायिक विचार, नेपालका डिजिटल नक्सा समावेश गरी पर्यटकीय स्थानहरुको बारेमा जानकारी दिने सोच राखेको डुलुवा नेपाल, नेपालीपन दिने गेम- ह्याम्मर ल्याब क्रिअसन, स्कूल र कलेजहरूको लागि सञ्चार माध्यम बनाउने एट बाईट स्टुडियो, एक मिसकलद्वारा सबै समाधान गर्न सोफ़्टु डे, मर्मत सेवा प्रदान गर्न बिग्रियो.कम, कागजी कपमा बिज्ञापन गरिदिन पेपर गिलास, अपर्झट फोटोग्राफरको आवस्यकतालाई समाधान गर्न हायर एनी फोटोग्राफर, गंडौलाको मल उपयोग गर्ने सोच राखेको भेर्मीपोनिक्स, विभिन्न श्रेणिहरुका पार्ट टाइममा आधारित कामहरू खोज्न मद्दत गर्न सृयोग. कम, ट्याक्सी सेवा प्रदान गर्ने जेरो स्टार्ट,  स्वास्थ्य सम्बन्धि सुबिधा दिन हेल्थ मि .कम, थिङ्क एण्ड क्रियट, टेक्निसियन ग्रुप अफ नेपाल, डि स्क्यार डेभलपर्स, बिग टिम रोबोटिक्स तथा टिम आइओ जस्ता सोचहरु लिई १६ टोलीहरुले सहभागिता जनाएका थिए।

यस ६ दिने कार्यक्रम सम्पन्न भएपनि कार्यक्रममा सहभागी टोलिले दुई महिना अझै फलोअप सेसनमा सहभागिता जनाउन पाउनेछन। यस दुई महिने फलो अप सेसन मार्फत उनीहरुले आफ्नो व्यवसायिक सोचलाई अझै निखार ल्याउन सक्ने आयोजकको बिश्वाश छ।   

  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved