एप्पल वल्र्डमा हात खाली नजाने उपहार, आर वान फायव बाईक र आइफोन ८ मुख्य आकर्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 11:53:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरूका महान् पर्व बडा दसैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफर भित्र पनि मेगा अफर’को योजना ल्याएको छ । 

काठमाडौंको दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योज नाल्याएको हो । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्का समेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमाबम्पर उपहार स्वरुप एक जनाले ‘आरवान फाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने छन्। एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइलमर्मत’को सुविधासमेत ग्राहकले पाउने छन् । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, सर्ट लगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजनमल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टि ब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधा सहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved