सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार :सुनचाँदीको सिक्का, बाइक देखि बिदेश घुम्ने अबसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 19, 2017 | 02:22:32 PM मा प्रकाशित

laxmi  sunrise bank

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाइ हात खाली नजाने उपहार योजना ल्याएको छ । ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ ।

दशैं र तिहारमा मोबाइल खरिद गर्ने आफ्ना ग्राहकहरुले सिटिभीमा मोबाइल किन्दा ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार र सिटिभी मोबाइलले राखेका हात खाली नजाने उपहार समेत पाउने छन् । हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिशर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेको छन ।

दशैं देखि तिहार सम्म सिटिभीमा मोबाइल खरिद गर्ने ग्राहकहरुले ६ देखि ६० प्रतिशत सम्म छुटमा मोबाइल खरिद गर्न सक्नेछन् ।

मोबाइल एक्सचेन्ज  सँगै ६० मिनेटको फेस टु फेस  मोबाइल मर्मतको सुबिधा पनि राखेको सिटिभी मोबाइलका निर्देशक संगम राइले बताए ।

बिश्व बजारमा पाइने सबै ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको सिटिभी मोबाइलले हरेक बर्ष दशैं र तिहारको अबसर पारी बिभिन्न उपहार र बम्पर उपहार योजना ल्याउने गरेको छ ।

नेपालमा पहिलोपटक मल्टिब्राण्ड मोबाइल सोरुमको अबधारणा ल्याएको सिटिभी मोबाइल ग्रुपले दरबारमार्गस्थित मर्कन्टायल प्लाजमा एप्पल वल्र्ड मोबाइल, केएल टावरमा केएल मोबाइल हब, ताम्राकार कम्प्लेक्समा सिटिभी मोबाइल तथा सिटिभी केयर र सुन्धारस्थित सिटिसी मलमा द वल्र्डभिजन मोबाइलको मल्टिब्राण्ड सोरुममार्फत कारोबार गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved