डिस होमको दुई नयाँ च्यानलको प्रसारण सुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2017 | 06:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

डीस होमले दुई नयाँ च्यानलहरुको प्रशारण सुरु गरेको छ। डीसहोमले प्रशारण सुरु गरेको दुई नयाँ च्यानलमा मनोरन्जनात्मक र खेलखुद च्यानल रहेका छन्। 

डिसहोमले च्यानल नम्बर १०४ मा ‘रमाईलो टिभी’ र च्यानल नम्बर १०५ मा ‘एक्सन स्पोर्टस’ नामक दुई नयाँ मनोरन्जनात्मक च्यानलको प्रशारण सुरु गरेको हो। 

‘रमाईलो टिभी’ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण हुने बताइएको छ। 

त्यस्तै ‘एक्सन स्पोर्टस’ मा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रशारण हुने कम्पनीले उल्लेख गरेको छ।   

डिसहोमका यी दुई नयाँ च्यानलहरु हेर्नको लागि डिसहोमका ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिनुपर्ने हुन्छ। दसैँतिहारको अवसरमा खुसी अन गरौं योजनाअन्तर्गत २ हजार ९ सय ९९ मै डिसहोम जोड्न सकिने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved