विश्वज्योती मलमा सपिङ गर्दा दुबई घुम्ने मौका, नगद सहित उपहारै उपहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 02:13:39 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा दशैं तिहार सुपर छुट अफर सुरु भएको छ । दशैं तथा तिहारलाई लक्षित गरी मलले असोज ३ गतेदेखि उपहार योजना सुरु गरेको हो । उपहार योजना अवधि भर विश्व ज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले उपहार नै उपहार पाउने मलले जनाएको छ ।

कात्तिक २५ गतेसम्म चल्ने उपहार योजना अवधिमा मलको कुनै पनि पसलमा एक हजार रुपैंया बराबरको सामानखरिद गर्ने सेवाग्राहीले उपहार कुपन प्राप्त गर्ने छन् । उक्त कुपनबाट मलले सेवाग्राहीलाई गोलाप्रथाबाट साप्ताहिक रुपमा विभिन्न किसिमका उपहार बितरण गर्ने जनाएको छ । साथै बम्पर उपहारमा मोटरसाइकल, स्कूटर तथा दुबई भ्रमणको अवसर प्रदान गर्ने मलले जनाएको छ ।

मलका अनुसार साप्ताहिक रुपमा सेवाग्राहीले गोदरेज ब्राण्डका रेप्रिजिरेटर, वासिगं मेसिन, माइक्रो वेभ ओभन तथा टिसिएल ब्राण्डको एलसिडि तथा एलईडि टेलिभिजन बितरण गरिनेछ । साथै पाँचहजार रुपैंयाको छुट कुपन तथा सिग्नेचरका तर्फबाट विशेष उपहार साप्ताहिक रुपमा बितरण गरिने कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए । 

बम्पर उपहारमा एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकलतथा लेट्स स्कूटर प्राप्त गर्ने छन् । त्यसै गरी बम्पर उपहार अन्तरगत चार रात पाँच दिनको दुबई भ्रमणको अवसर सेवाग्राहीले पाउने मलले जनाएको छ ।

एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका मलको तेस्रो तल्लामा विश्वज्योती मोबाइल मार्ट यस अघि नै सञ्चालनमा आइसकेको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूकालागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, कफीशप लगायतका ४० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु मलमा सञ्चालनमा रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved