कतारको ‘अल जमान’बाट पठाएको रकम अब सिटी एक्स्प्रेसबाट पाइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 09:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारको ठूलो सञ्जाल भएको अल जमान एक्स्चेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ। यो सेवासँगै कतारमा रहेका नेपालीहरुले कुनै पनि अल जमान एक्स्चेन्जका ७ वटा भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन्। 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डनले र अल जमानका तर्फबाट अधिकृत जुबैर अब्दुल रहिमनले हस्ताक्षर गरे। सम्झौता अनुसार त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले लिन सकिने छ। सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा ११ बर्षदेखि सेवा दिँदै आइरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved