नेपाल भित्रिने तयारीमा रहेको आइफोन ८ मा देखियो ब्याट्री समस्या, सेट आफै फुट्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2017 | 08:53:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एप्पल कम्पनीले निकै 'तामझाम' का साथ भदौ २७ गते सार्वजनिक गरेको आइफोन ८ मा ब्याट्रीको समस्या देखिएको समाचार सार्वजनिक भएको छ। कम्पनीले पछिल्लो पटक ल्याएका पांच नयाँ उत्पादन एप्पल वाच सिरिज ३, एप्पल टिभी फोर के, आइफोन ८,  ८ प्लस र आइफोन टेन (एक्स) मध्ये आइफोन ८ मा समस्या आएको समाचार बाहिरिएको हो। 

आइफोन ८ प्लसको ब्याट्री फुलेर आइफोन खुलेको समाचारहरु बाहिर आएका छन्। ताइवान, जापान र हंगकंगका ग्राहकबाट आइफोन आफै फुलेर खुलेको समाचार बाहिर आएको म्याकरुमोर्सले जनाएको छ।  

एप्पलले यी तीन देशका ग्राहकहरुबाट आइफोनमा सम्भावित ब्याट्री विफलताबारे जानकारी प्राप्त गरेपछि यस सम्बन्धमा अन्वेषण सुरु गरेको बताइएको छ।   

आइफोन ८ सम्बन्धमा पहिलो आलोचना ताइवानको महिलाबाट आएको छ। आइफोन ८ प्लस पाँच दिनसम्म प्रयोग गरे पश्चात चार्ज गरिरहेको बेला आइफोन ८ प्लसको ब्याट्री फुलेर खुलेको तस्विर ती महिलाले सार्वजनिक गरेकी छिन। चिनिया मिडियाहरुले ति महिलाको उक्त आइफोन एप्पल कम्पनीमा नै फिर्ता गरिएको जनाएको छ। 

त्यस्तै आइफोन ८ मा ब्याट्रीमा समस्या आएकोबारे आलोचना गर्ने दोस्रो ग्राहकमा जापानका ग्राहक रहेका छन। आइफोनको बक्समा फुटेको अर्थात हार्डवेयर खुलेको आइफोन प्राप्त गरेको भन्दै ति जापानिज ग्राहकले सामाजिक संजालमा यसको फोटो समेत सार्वजनिक गरेका छन। तेस्रो आलोचना हंगकंगको ग्राहकबाट आएको छ।  आइफोन ८ को ब्याट्रीमा नै समस्या आएको खुल्न आएको छ।

आत्तिनु पर्दैन: एप्पल 

यद्दपी आइफोन ८ मा देखिएको यस प्रकारको 'खराबी'लाई एप्पलले 'सामान्य' भनेको छ। हरेक बर्ष लाखौँको संख्याँमा आइफोन उत्पादन हुने भएकाले केहि फोनमा ब्याट्रीको समस्या देखिनु सामान्य रहेको एप्पलको भनाई छ। 

आइफोन ७ का मोडलका केहि फोनमा समेत ब्याट्री फुल्ने समस्या देखिएको कम्पनीले जनाएको छ। यस प्रकारको अपवादको घटना आइफोन टेन मोडलका केहि फोनमा समेत देखिन सक्ने कम्पनीको भनाइ छ। तर यो समस्या यस अघि सामसुङका फोनमा देखिएको जस्तो नभएको बताइएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved