‘मन खोलौं कोकसँग’ प्रवर्द्धनात्मक अभियानका १० हजार बढी बिजेताहरु घोषित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 05:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले ‘मन खोलौं कोकसँग’ प्रवर्द्धनात्मक अभियान अन्तर्गत दश हजार बढी बिजेताहरुको नाम घोषणा गरेको छ। यस ‘मन खोलौं कोकसँग’ प्रवर्द्धनात्मक अभियानका पुरस्कारबाट उपभोक्ताहरुमा खुशी बढिरहेको कम्पनीले जनाएको छ। 

यस अभियानमा पुरस्कारका रुपमा टिभीएस स्ट्राइकर १२५ सीसी, एलजी एलईडी टिभीहरुका साथै मोबाइल रिचार्ज कार्डहरु राखिएका छन।    यस अभियान अन्तर्गत आजको दिनसम्म करिब २५०,००० वटा एसएमएस प्राप्त भएको छ । 

यो २८ दिनको अवधिमा, कोकाकोलाले २८ जना भाग्यशाली उपभोक्ताहरुको नाम घोषणा गरिसकेको छ। जसले टिभिएस स्ट्राइकर १२५ सीसी बाइक जित्न सफल भएका छन् भने ११२ जना उपभोक्ताहरु, जसले एलजी एलईडी टिभी, र ११२०० उपभोक्ताहरु जसले रिचार्ज कार्डहरु जित्न सफल भएका छन् । 

नेपालमा सन् २०१७ को सबैभन्दा ठूलो अभियानहरु मध्य एक मानिएको यो अभियान यहि असोज ३० गतेसम्म संचालन हुनेछ। यस अभियानमा उपहारहरु जित्नुका अतिरिक्त ४०० मोबाइल रिचार्ज प्रत्येक दिन उपभोक्ताहरुले जित्ने उच्च संभावना भएको कम्पनीको भनाइ छ।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । 

कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लागू हुने छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved