सिटी एक्स्प्रेस मनी ट्रान्सफर 'उत्सव एक्सप्रेस' योजनाका विजेताहरु घोषित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 05:10:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव योजनाका विजेताहरु घोषित भएका छन्। कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो।

चाँदीको सिक्का विजेताका रुपमा शिव खनाल, बाल कुमार सुनुवार , सम्झना ढकाल, जनक माया लामा, रामवती सर्वरिया, निरु सुवेदी, प्रमिला गिरी, युकेश श्रेष्ठ, हेम कुमारी मगर्, भक्त बहादुर तामाङ, दान माया राना मगर्, फुल माया घलान , ओम सारी पुन , हिरा पुर्कुटी, लक्ष्मी घर्ति, रुक माया राई, आशिक गुरुङ र गङ्गा बहादुर पुन छनोट भएका छन्। 

त्यसैगरी ओप्पो फोन विजेताका रुपमा रुपेश राना मगर र उम्माया गुरुङ छनोट भएका छन्। मनी ट्रान्सफर सम्बन्धी सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले दसैँ तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालनमा ल्याएको हो।

कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको छ। सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन्।

त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजेरेटर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved