बुध्द एयरको २० वर्षे यात्रा, अन्तर्राष्ट्रिय उडानको योजना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2017 | 06:46:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बुध्द एयरले आफ्नो २० वर्षे यात्रा पुरा गरेको छ । बुध्द एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित नयाँ जहाज बीच १९००‘डी’ बाट पर्वतीय श्रृंखलाको मनोरम यात्राबाट सुभारम्भ गरेको थियो। सो एक घण्टाको उडानलाई ‘एभरेष्ट एक्सपेरियन्स उडान’ले चिनिन्छ।   

हवाई सुरक्षाको जोखिमहरुलाई न्यूनिकरण गर्दै यात्रुहरुलाई आरामदायी हवाई यात्राको अनुभुति गराउने मुख्य लक्ष्यका साथ बुध्द एयरले आफ्नो सेवा थालेको थियो। यस २० बर्षको यात्रामा लाखौं लाख देशी बिदेशीले बुद्द एयरमा यात्राको अनुभव लिईसकेका छन।  

एउटा बिमानबाट आफ्नो सेवा प्रारम्भ गरेको बुद्द एयरसंग अहिले २ वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट रहेका छन। मार्केटिङ तथा सेल्स निर्देशक रुपेश जोशीका अनुसार बुद्द एयरले अर्को एटीआर जहाज २०१८ जनवरीको दोस्रो साता भित्र्याउनेछ भने जुन महिनाभित्र थप एक एटिआर ल्याउनेछ।

नेपालको सुगम विमानस्थलमा हुने उडानको ६३ प्रतिशत बजार हिसा बुद्द एयरले ओगटेको छ। २० बर्षमा बुद्द एयरले हासिल गरेको यस सफलताका पछाडी यात्रु, सरोकारवाला, निकाय, वित्तीय संस्था र मुख्य गरि बुद्द एयरमा कार्यरत ८६५ जना कर्मचारीहरु हुन।   

'यस २० बर्षे यात्रामा हाम्रा मुल्यवान यात्रुहरुलाई आरामदायी तथा जोखिमरहित यात्रा गराउने लक्ष्यमा कहिल्यै कुनै प्रकारको सम्झौता गरेका छैनौं'  -विरेन्द्र बहादुर बस्नेत, प्रवन्ध निर्देशक, बुध्द एयर    

दक्ष जनशक्ति निर्माण गर्ने लक्ष्य अनुसार बुद्द एयरले दक्षिण एसियाकै उत्कृष्ट ह्यांगर तथा यसका जनशक्तिलाई अद्यावधिक तालिमका लागि देशविदेश पठाउने गरेको छ। त्यस्तै हवाई सेवालाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय मान्यता अनुरुप उडानका लागि आन्तरिक परीक्षणका साथै विदेशी संस्थाहरुलाई पनि अडिटका लागि खटाउने गरेको छ ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसंगै बुद्द एयरले अन्तर्राष्ट्रिय हवाईजहाज उत्पादन गर्ने युरोपिले संस्था एयरवससँग पनि आन्तरिक सल्लाह थालेको छ।    

बुद्द एयरको भावी योजना सुनाउदै बुध्द एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेत भन्छन, 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै पूरा हुने आश गर्दै सन् २०२१ को अगस्त १ देखि ३ वटा एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्ने योजना रहेको छ।' आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवाहरु विस्तार गर्ने पनि योजना रहेको बस्नेतको भनाइ छ।   





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved