हिमस्टारको नयाँ एलईडी बल्ब सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 07:01:48 PM मा प्रकाशित

laxmi  sunrise bank

हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ। गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले १०० लुमेन्स पर वाट विशेषतासहित उच्च पावर कार्यदक्षता रहेको एलईडी बल्ब सार्वजनिक गरेको हो। 

कम्पनीले ८ वाटको एलईडी बल्बको मूल्य १५० रुपैयाँ तोकिएको जनाएको छ। यस बल्बमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ। ३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गिन बल्ब, ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउनलाईट, प्यानललाईट तथा अन्य विभिन्न भित्री र बाहिरी लाईटहरु कम्पनीले उत्पादन गरिरहेको छ।     

हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केहि समाधान गर्नका लागि सहयोग गर्ने हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved