नेप्सेमा सुचिकृत कम्पनीहरुको जानकारी दिने सफ्टवेयर सार्वजनिक, बार्षिक ३५ सय तिर्नु पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2017 | 08:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank


शेयरबजारमा लगानी गर्न चाहनेहरुका लागि डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक गरिएको छ। उक्त सफ्टवेरमा नेप्सेमा सूचिकृत सबै कम्पनीहरुको विगत पाँचबर्ष यताको सबै डेटाहरु राखिएको जनाइएको छ। 

डेटा एनालिटिक्स सफ्टवेयरको सुविधा लिन चाहनेले भने बार्षिक ३५ सय रुपैयाँ तिर्नु पर्नेछ। एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको यस सफ्टवेयर मार्फत सेयरमा लगानी गर्न चाहनेले कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण प्राप्त गर्नेछन।

प्रयोगकर्ताले आफूले चाहे बमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिएका छन। 

गत १० वर्षदेखि पुंजीबजारलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दै आएको मेरोलगानी डटकम दशौँ वर्ष पुरा गरि ११ औ बर्षमा प्रवेश गरेको अवसरमा सफ्टवेयर सार्वजनिक गरिएको हो। सफ्टवेयर तथा नेपाल जर्नल डटकमको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एक समारोहबीच उद्घाटन गरेका हुन।    




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved