पोखरामा सुजुकी मोटरसाइकलको शोरुम खुल्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 06:18:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी मोटरसाइकलको शोरुम पोखरामा खुलेको छ। आयातकर्ता भिजी अटोमोवाइल्सको पोखराका लागि आधिकारिक विक्रेता हिमालय अटो वर्ल्डले शुक्रबार देखि नयाँ शोरुम संचालनमा ल्याएको हो।

उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्व शंकर पालिखेले नयाँ शोरुमको उदघाटन गरे। हिमालय अटो वर्ल्ड आफैमा सफल, प्रतिष्ठित संस्था रहेको बताउँदै उनले कम्पनीले सुजुकीका मोटरसाइकल तथा स्कुटरको विक्रि र सेवालाई चुस्त पार्नेमा आफु विश्वस्त रहेको बताए।

सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए।

प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराइने हिमालय अटो वल्र्डकी प्रोप्राइटर मिलन थापाले बताइन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved