एक वर्षमै ८ सयभन्दा बढी टाटा टियागो बिक्री

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 12:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदी ट्रेडिङले विगत एक वर्षमा ८०० वटाभन्दा वढी गाडीहरु बिक्री गरेको छ। हरेक महिना टियागो बिक्री संख्या उल्लेखनिय रुपमा बढिरहेको टाटाका गाडीको नेपालस्थित एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ।    

सिप्रदिका अनुसार टियागोलाई नेपाली ग्राहकले अत्यधिक रुचाएका छन् । बढी भन्दा बढी ग्राहकहरुले टियागो खरिद गर्नुको कारण टाटाले निम्न रुपमा उल्लेख गरेको छ।

कम मूल्यमा अधिकतम विशेषता 


टाटाका कारहरु खदिर गर्दा पैसाको साच्चै नै अधिकतम उपयोग हुन्छ । टाटा टियागोले यसलाई एक कदम अगाडी बढाएको कम्पनीले बताएको छ। यो ह्याच ब्याक प्रिमियम देखिन्छ तथापि पेट्रोल भर्जनको मूल्य २२,५५,००० बाट शुरु हुन्छ ।

यसमा भएको Connect Next Navigation  र आठ स्पीकर सिस्टम सहितको इन्फोटेन्मन्ट जस्ता विशेषताहरु त्यस्तै खालका गाडीहरुमा पाईदैन। यस गाडीमा जडीत मल्टी ड्राइभको सुविधा केबल अरु उच्च दर्जाका गाडीमा मात्र पाइन्छ ।यसैगरी टियागो २४० लिटरको सबैभन्दा बढी क्षमताभएको बुट स्पेशले पनि सम्पन्न छ ।

आकर्षक डिजाइन


टियागो स्वरुप आकर्षक भएर नै यसले ग्राहकवर्गको मनलाई जितेको कम्पनीले दाबी गरेको छ । यस गाडीको रियर स्पोइलर, ठूलो हेडल्याम्प एवं पछाडीको ल्याम्पमाब्ल्याक एसेन्टको अतुलनिय विशेषता छ । स्पोटी एवं क्लासी पनि देखिने टियागोको प्रमुख लक्षित गाहकवर्ग युवाहरु हुन ।


न्युनतम इन्धन खपतः


नेपाली बजारमा ग्राहकवर्गले नयाँ चारपाङ्गे खरिद गर्दा कम इन्धन खपत गर्ने खालका गाडीहरुलाई वढी प्राथमिकता दिन्छन ।टियागो आफ्नो श्रेणीमा सबैभन्दा कम इन्धन खपत गर्ने गाडी हो । ८४ बीएचपी ११४ एनएम शक्ति प्रदान गर्ने १२ लिटर पेट्रोल इन्जिन भएको टियागोले प्रति लिटर २३.८४ किलोमिटर सुनिश्चित गर्दछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved