यूनाइटेड सिमेन्टको “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 02:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड सिमेन्टले  “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना सम्पन्न भएको बताएको छ । आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने उद्देश्यका साथ असार १५, २०७४ बाट लागू हुने गरी कम्पनीले “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना ल्याएको थियो । सोही योजना अनुसार ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा १ बोरा सित्तैमा प्राप्त गर्दै आएका थिए । यो योजना भव्य सफलताको साथ यहि कार्तिक १४ बाट समापन गरीएको कम्पनीले जनाएको हो  ।

उद्योगले ग्राहकलाई ध्यानमा राखेर सो योजना उपभोक्ता माझ पस्केको र उद्योगको लक्ष्य अनुसार यो योजनाले आम उपभोक्ता लाभान्वित भएकोमा उद्योगले  पूर्ण सन्तुष्टि व्यक्त गरेको छ ।  

के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको छ । 

नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित यस यूनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आङ्खना ग्राहकहरुप्रतिको सकारात्मक सोचका कारण नै यति छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ । “हरेक निर्माणको धड्कन, यूनाइटेड सिमेन्ट” भन्ने नाराका साथ अघि बढिरहेको यस कम्पनीले भविष्यमा पनि अझै उत्साहबद्र्धक योजना आङ्खना ग्राहकमाझ पस्कने धारणा व्यक्त गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved