रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, यी रहे भाग्यशाली बिजेता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 10:29:02 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियास्थित रिया आइएमईले  दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरु श्रीराम थापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतो भाग्यशाली बिजेता घोषित भएका हुन् ।

सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए  ।


स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना)  संचालनमा ल्याएको थियो ।  योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ । यस अघि राममणी भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए ।

भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्ने छन्  । उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसिया स्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved