बजाज आरइ स्वरोजगार र्याली भव्य रुपमा सम्पन्न (फोटो फिचर)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 07:46:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बजाज आरइ स्वरोजगार र्याली भव्य रुपमा सम्पन्न भएको छ। बजाज थ्री ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक, हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज आरई स्वरोजगार र्यालीले पूर्व पश्चिम राजमार्गमा २७ दिनसम्म यात्रा गरेको थियो।

बिर्तामोडदेखि सुरु भएको र्याली महेन्द्रनगरमा समापन भएको थियो। र्यालीले बिर्तामोड, दमक,बिराटनगर,इटहरी ,इनरुवा,गइघाट,लहान ,जनकपुर बर्दिबास ,लालबन्दी चन्द्रनिगाहपुर,बिरगंज ,हेटौडा ,भरतपुर ,पर्सा ,चनौली,बर्दघाट ,बुटवल ,भैरहवा ,चन्द्रौटा ,तुलसीपुर ,सुर्खेत ,नेपालगंज ,टिकापुर ,धनगडी ,अत्तरिया र महेन्द्रनगर सम्म लगभग ३००० किलोमिटरको यात्रा तय गरेको थियो। 

स्थानीय डिलरहरुको समेत सहभागिता रहेको यस कार्यक्रममा ५०,००० भन्दा बढि मानिसहरुको सहभागीता र र्याली अबलोकन गरेका थिए। र्यालीको दौरान भरि लगभग २००० वटा  सोधपुछ र लगभग १००० वटा टेष्ट ड्राइभ भएको थियो।

बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गराउने, यस मार्फत स्वरोजगारका लागि हुने उत्कृष्ट लाभहरुको बारेमा जानकारी दिने र “डेढ लाखमै स्वरोजगार” बनाउने उदेश्यले आयोजना गरिएको यस कार्यक्रममा ट्वाक्क टुक्कका कलाकार जय राम कार्की, बिनोद परियार, श्रद्धा गौतम, प्रेम भुसाल र स्थानीय कलाकारको समेत सहभागिता थियो। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved