कोरियाको जीमनी ट्रान्सबाट पठाएको रेमिट्यान्स सिटी एक्स्प्रेसबाट पाइने, अतिरिक्त शुल्क नलाग्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 05:51:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जीमनी ट्रान्सले कात्तिक २५ देखि कोरियाबाट आफ्नो सेवा शुरु गर्ने भएको छ। दक्षिण कोरिया सरकारले जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको हो। 

सोहि अनुसार रेमिट्यान्स सेवा सञ्चालनको अनुमति पाउने कम्पनीहरु मध्ये जीमनी ट्रान्स एक हो। जीमनी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएअनुसार जीमनीबाट पठाएको रकम सिटी एक्सप्रेसबाट आफन्तजनले बुझ्न सक्नेछन्।

कोरियाको आन्सान शाखाबाट सेवा सञ्चालन गर्न लागेको जीमनी ट्रान्सले केही दिन मै मोबाइल एप बाट पनि सेवा शुरु गर्ने जानकारी दिएको छ। अनलाइन सेवा लिन सेवाग्राही शाखा जानु पर्ने झन्झटिलो प्रक्रिया अन्त्य गर्न पूर्ण अनलाइन रजिष्टर गर्न मिल्ने मोबाईल एप ल्याउन लागिएको कम्पनीले जनाएको छ।

कोरियाबाट पठाएको १० मिनेटमै सिटी एक्सप्रेस मनी ट्रान्सफरका ५ हजारभन्दा धेरै भुक्तानी केन्द्रहरुबाट पैसा प्राप्त हुनेछ। साथै नेपालमा कुनै पनि बैंक खातामा पनि सजिलै रकम जम्मा गर्न मिल्नेछ । जीमनीको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ।

सरल , सुरक्षित , छिटो ,छरितो र सहज सेवाका साथ सञ्चालनमा आउन लागेको जिमनीको सेवा शुरु भैसकेपछि नेपालमा रेमिट्यान्सको नयाँ आयाम थपिनुका साथै हुण्डी कारोवार पनि उल्लेखित मात्रामा घट्ने अपेक्षा गरिएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिका, जापान, यूएई ,भारत, साउदी अरब, कतार, मलेसिया, बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved