९ तस्विरमा हेर्नुहोस रेनोको ‘ग्याङ्ग अफ डस्टर्स’ यात्रा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 05:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल ब्राण्ड रेनोको भारतबाट सुरु भएको साहसिक यात्रा ‘ग्याङ्ग अफ डस्टरर्स’ ले नेपालमा पहिलो पटक यात्रा थालेको छ। १४०० किलोमिटर लामो ९ दिने अन्तर्राष्ट्रिय यात्रा लखनउबाट नेपालकालागि प्रस्थान भएको कम्पनीले जनाएको छ। 

साहसिक यात्रा लखनउबाट कात्तिक २४ गते शुरु भई भारतमा गोरखपुर हुँदै नेपाल प्रवेश गरेको हो। ग्यांङ्ग अफ डस्टर्सले काठमाडौंको यात्रा पुरा गरि सकेको छ। अब भने चितवन, पोखरा र लुम्बिनी हुँदै यात्रारत हुनेछ र सहभागीहरु पुन लखनउ यात्रा बाटै फिर्ता हुनेछन। 

सन् २०१७ रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सको भारतमा सफलताको चौथो वार्षिकोत्सव भएको कम्पनीले जनाएको छ। ग्यांङ्ग अफ डस्टर्समा अहिले सम्म १ लाख भन्दा बढि सदस्यहरु सहभागी भईसकेको र भारतमा चार पाँग्रे गाडिको साहसिक यात्रा समुदायमा सबैभन्दा ठूलो समुदाय भएको कम्पनीको दाबि छ। 

‘नेपालमा पहिलो पटक भारतको विभिन्न स्थानबाट सहभागी ग्यांङ्ग अफ डस्टर्स सदस्यहरुको २४ वटा डस्टर सहितको लस्कर आएका हुन् । यो विशेष अवसरमा नेपालमा उनीहरुलाई आतिथ्यता प्रदान गर्नु हाम्रो सौभाग्य हो । रेनो इण्डियाद्धारा शुरु गरिएको यो अभियान नेपाल च्याप्टरको तर्फबाट पनि छिटै आयोजना गर्नेछौं, एडभान्स अटोमोबिल्स प्रालि (रेनोको नेपालमा व्यवसायीक पार्टनर) का प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले भने। 

नेपाली डस्टरहरु एकसाथ सहभागी हुँदै नेपालको विभिन्न रोमाञ्चक स्थानहरुमा साहसिक यात्राको लागि जाने र कठिन भूगोलको अवलोकन गर्ने उनले बताए।  । 








Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved