नेपाली बजारमा हुवावेको चार क्यामेरा भएको पहिलो फोन, यस्ता छन बिशेष फिचर्स

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 06:03:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ मोबाइल फोन ब्राण्ड हुवावेले नेपाली बजारमा चार क्यामेरा भएको फोन भित्र्याएको छ। हुवावेको नेपालका लागि आधिकारिक वितरक कल मोबिलिटीले नयाँ फोन ‘नोभा टु आई’ सार्वजनिक गरेको हो। 

यस फोनमा प्रयोग भएको हुवावे फूलभ्यु डिस्प्लेको डिजाईन प्रत्येक सेल्फी, इमेज र सामाजिक सञ्जालसँग तालमेल राख्नको लागि तयार गरिएको कम्पनीको दावी छ।

कार्यक्रममा बोल्दै हुवावे नेपालका निर्देशक जोयेसले अहिलेको उपभोक्ताले एउटा फोनमा अपेक्षा गर्ने सबैखाले फिचर्स समेटेर ‘नोभा टु आई’ ल्याइएको कार्यक्रममा बताएका छन्। 

उनले भने, ‘हामीलाई थाहा छ, अहिलेको उपभोक्ताको लागि के जरुरी छ, त्यही बुझेर हामीले नयाँ डिभाईसको रचना गरेका छौँ, जुन अहिलेको समयसँग चल्नको लागि पावरफूल फिचरले भरिपूर्ण छ।’

कल मोबिलिटी प्रालिका निर्देशक पुलकित भिमसरियाले यो मूल्य रेन्जमा बजारमा उपलब्ध कुनै पनि फोनले नोभा टु आईसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।

फिचर्स 

फूलभ्यू डिस्प्ले प्रविधि र उच्च–गुणस्तरको ५.९ इन्च स्क्रीन भएको यो नै हुवावेको पहिलो डिभाइस हो। ८३ प्रतिशतको स्क्रीन–टु–बडि रेसियो र १८ः९ आस्पेक्टले यसलाई स्पष्ट, सफा र उज्यालो ईमेजको लागि सुन्दर ‘वाइडस्क्रीन भ्युइङ्ग’ अनुभूति प्रदान गर्दछ।

हुवावेले पी ९ को आगमनसँगै डुअल–लेन्स क्यामराले स्मार्टफोन फोटोग्राफीलाई नै पुनः परिभाषित गरेर नयाँ उद्योग मापदण्ड कायम गरिएको बताएको छ। फ्रन्ट र ब्याक डुअल–लेन्स क्यामेराले उत्कृष्ट फोटोग्राफीको अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ।

फोनमा १३ र २ मेगापिक्सेलका दुई सेल्फी क्यामेरा छन्। यी प्रिमियम सेल्फी क्यामरामा भएको नयाँ सेल्फी टोनिङ फ्ल्यास्ले अझ कलात्मक र जीवन्त फोटोको लागि स्टुडियो क्वालिटी लाइटिङ प्रदान गर्दै पोट्रेट फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउने कम्पनीले विश्वास लिएको छ।

क्यामराबाट एकनासको लाइटिङ र सफ्ट लाईट सेल्फी फ्ल्यास्को मद्दतले कम प्रकाश भएको अवस्थामा पनि जेस्टर सेल्फीहरुका साथ तस्बिर खिच्न सकिने छ।

फोनमा १६ र २ मेगापिक्सेलका दुई रियर (पछाडितर्फको) क्यामरा छन्। दुवै डुअल–लेन्स क्यामराहरुमा अझ स्पष्ट, सफा र कलात्मक फोटोहरु र कम प्रकाश भएको अवस्थामा प्रदर्शन सुधार्न हार्डवेयर–लेबल ‘बोकी’ फिचर दिइएको छ।

यसको १६ मेगापिक्सेलको लेन्सले हरेक डिटेलहरु क्याप्चर गर्न मद्दत गर्छ भने २ मेगापिक्सेलको ‘आरजीबी’ लेन्सले सटीक ‘फिल्ड अफ डेप्थ’ क्याप्चर गर्ने छ। यसबाहेक यी क्यामेराहरुमा पोट्रेट मोड, वाइड एपेर्चर मोड तथा मोशन फोटो लगायतका फिचर्सहरु समेत समावेश छन्।

यो फोनको स्लीक डिजाईनको सुरुवात आकर्षक फूलभ्यू स्क्रीनबाट हुँदै उच्च–गुणस्तरको औद्योगिक सामग्रीबाट सृजित युनीबडिको सफ्ट, कर्भड एज्सम्म रहेको छ।

डिजाइन गर्दा क्यामराहरु, फिङ्गरप्रिन्ट सेन्सर, युएसबी स्लट, सेन्सरहरु र फ्लयास जस्ता पक्षलाई अगाडि र पछाडि मिलाएर राखिएको छ जसले फोनलाई प्रिमियम बनाएको छ।

फोनमा ८–कोर किरिन ६५९ चिपसेट, ४ जीबीको र्याम र ६४ जीबीको इन्टरनल स्टोरेज छ। यसले फोनका कन्टेन्टहरु ‘स्ट्रीमिङ’ हुँदा–हुँदै विभिन्न एप्लीकेशनहरु स्लो नभई एकै चोटि चलाउन सक्षम रहेको कम्पनीले जिकिर गरेको छ।

हुवावे एन्ड्रोईड ७ मा आधारित इमुआईमा अपरेटिङ सिस्टममा ‘युएक्स’ सम्मेलित छ। यसले प्रयोगकर्ताको व्यवहारको आधारमा प्रदर्शन अनुकुलन गर्ने भएकाले चलाउन निकै सहज बनाएको छ।फोनमा ३ हजार ३४० एमएएचको ब्याट्री छ। हार्डवेयर र सफ्टवेयरको गहिरो सम्मेलनले फोनको ब्याट्री धेरै समयसम्म टिक्ने कम्पनीले बताएको छ।

कम्पनीले फोनको ब्याट्री फुल चार्ज हुन एक घण्टा ५० मिनेटभन्दा कम समय लाग्ने जसमा २० घण्टाको टक टाइम तथा ५ सय ५० घण्टासम्म निरन्तर रुपमा ‘स्ट्याण्ड बाइ’ अवस्थामा रहन सक्ने क्षमता रहेको दाबी समेत गरेको छ।

त्यस्तै स्मार्टप्रिन्ट सेन्सरले मेशिनको सिक्ने क्षमतालाई प्रत्येक प्रयोगको साथमा अझ सटीक र सुरक्षित बनाएको कम्पनीले बताएको छ।फोनमा ‘हुवावे हिस्टेन अडियो सिस्टम’ फिचर पनि छ जसले भिडियो र गेमिङमा उत्कृष्ट ध्वनीको अनुभव प्रयोगकर्ताले गर्न पाउने उल्लेख गरिएको छ।

कालो र सुनौलो रङ्गमा उपलव्ध हुने यो फोन मंसिर ३ गतेदेखि बजारमा किन्न पाइनेछ। यसको मूल्य ३३ हजार ९ सय रुपैंयाँ निर्धारण गरिएको छ।यसका साथै कल मोबिलिटीले हुवावेकै अर्को फोन ‘वाइ सेभेन’ समेत सार्वजनिक गरेको छ। यसको मूल्य १५ हजार ९ सय रुपैंयाँ कायम गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved