विदेश जाँदा मुद्रा सटहीको झन्झट हट्यो, १६ देशको पैसा ‘लोड’ हुने ‘मल्टिकरेन्सी’ कार्डको सुरुआत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 08:24:10 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश जाँदा मुद्रा कहाँ साट्ने, कति साट्ने, कति शुल्क तिर्नेजस्ता सटही समस्याको चिन्ता लिनु नपर्ने भएको छ। पहिलो चरणमा सेन्चुरी र लक्ष्मी बैंकले विभिन्न १६ देशका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने ‘मल्टिकरेन्सी’ कार्डको सुरुआत गरेका छन्। 

भारतीय एक्सिस बैंकसँगको सहकार्यमा ति बैंकले यस्तो कार्डको थालनी गरेका हुन्। लक्ष्मी बैंकका कार्ड डिपार्ट प्रमुख सुमनप्रसाद गेलालका अनुसार अबको २ महिनापछि यस्तो कार्ड खोज्ने ग्राहकले पाउने छन्।

उनका अनुसार यस्तो कार्ड मार्फत विभिन्न १६ देशमा जाँदा सहजै राष्ट्र बैंकले तोकेअनुसारको सीमामा रही मुद्रा प्रयोग गर्न सकिनेछ। तोकिएका १६ देश मध्ये जुन देशमा जाने हो त्यहाँको मुद्रा तोकिएको सीमाभित्र बैंकले कार्डमा लोड गरिदिन्छ र त्यो देश पुगेपछि खर्छ प्रयोग गर्न मिल्छ।   

यस सम्बन्धि लाग्ने सेवा शुल्क तय भई नसकेको बताइएको छ। एक देशको भ्रमण सकि अर्को देशमा जाँदा सोहि प्रक्रिया अनुसार त्यो देशको मुद्रा लोड गरि खर्च गर्न सकिनेछ। 

यसले विदेशी मुद्रा अभाव झेलिरहेका ग्राहकलाई राहत हुने बैंकको भनाइ छ। त्यस्तै महँगो शुल्क दुई पटक बिनिमय गर्नुपर्ने समस्या पनि हट्ने भएकाले यसको प्रयोग बढ्ने विश्वास गरिएको छ।

यो सुविधाबाट ग्राहकको सटही खर्च बच्ने बिश्वास बैंकको दाबि छ। यो कार्ड भएपछि पहिलो जस्तो जापान चाहनेले पहिले डलर सटही गरि फेरी यन लिनु पर्ने छैन। यसबाट ग्राहकको विनिमय खर्च बच्नेछ। यस कार्डबाट यन,युरो, अस्ट्रेलियन डलर लगायतका १६ देशको मुद्राको सटही कार्डबाट हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved