वर्ल्डलिंकको नयाँ अफर: साथीलाई इन्टरनेट जोड्ने सल्लाह दिंदा सित्तैमा इन्टरनेट र स्मार्टफोन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 21, 2017 | 06:28:25 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले 'एककान दुई कान' अफरको सुरुवात गरेको छ। यस अफर अन्तर्गत वर्ल्डलिंकका ग्राहकले आफ्ना साथीहरुलाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएबापत निशुल्क इन्टरनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिना सम्म निशुल्क इन्टरनेट र नेटटिभीबाटै टिभी हेर्न पाउनेछन। साथै स्मार्ट फोन समेत पाउन सक्नेछन।  

यो अफर पाउनका लागि आफन्त लगायत साथिहरुलाई वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालना गर्नुपर्ने हुन्छ। सिफारिस वा सल्लाह मार्फत एक जनाले वर्ल्डलिंकको इन्टरनेट जोड्दा इन्टरनेट जोड्ने र सल्लाह दिने दुवैले एक–एक महिना वल्र्डलिंकको निशुल्क इन्टरनेट सेवा पाउनेछन। 

त्यस्तै सल्लाह दिएका तीन जनाले वर्ल्डलिंकको इन्टरनेट जडान गरेमा सल्लाह दिनेले तीन महिना र सल्लाह लिने तीन जनाले एक महिना वर्ल्डलिंकको निशुल्क इन्टरनेट सेवा पाउनेछन। 

साथै सल्लाह मानेर ४ जनाले इन्टरनेट जडान गरेमा सल्लाह दिनेले तीन महिना निशुल्क इन्टरनेट र नेटटिभी सेवा पाउनेछ भने सल्लाह लिनेले एक महिना वर्ल्डलिंकको निशुल्क इन्टरनेट सेवा पाउनेछन। 

यस्तै सल्लाह मानेर ६ जनाले इन्टरनेट जडान गरेमा सल्लाह दिनेले तीन महिना निशुल्क इन्टरनेट र नेटटिभी सेवाका साथसाथै समर्थ फोन समेत उपहार स्वरूप पाउनेछ भने सल्लाह लिनेले एक महिना वर्ल्डलिंकको निशुल्क इन्टरनेट सेवा पाउनेछन।          

 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved