आफ्ना दश जना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिम स्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मादिइएको व्यवसायीक साझेदारमूखिब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत आईएमईले उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरेको थियो ।
मुलुकको आन्तरिक पर्यटनमा टेवापुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देश भित्रको गन्तब्य निर्धारण गरि भ्रमण गराइएको आईएमईले जनाएको छ । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृतद्घय इश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टर सहित ७७ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।