दराज डटकम डटएनपीमा व्लाक फ्राइडे सेल, ७० प्रतिशतसम्म छुट, रारा ताल देखि दुबई भ्रमणको अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2017 | 02:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

केमुबाट दराज डटकम डटएनपीमा रुपान्तरण भएको अनलाइन प्लेटफर्मले आकर्षक अफर सहितको व्लाक फ्राइडे सेल गर्ने भएको छ सेलमा आफुलाई आवश्यक पर्ने कुनै पनि किसिमका सामानको खरिदमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । अनलाइन प्लेटफर्ममा सूचीकृत बिक्रेताहरुले शुक्रबारदेखि व्लाक फ्राइडे सेलमा यस्तो छुट दिन लागेका हुन् ।

 

व्लाक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घरायसी उपकरण, मोबाइल फोन, सौन्दर्य सामग्री लगायतका बिक्रेताहरुले दराज डटकमडटएनपी मार्फत सस्तोमा सामान उपलब्ध गराउने छन् । दराजको एण्ड्रोइड तथा एप्पल एप्सबाट पनि सेलमा सहभागिता जनाउन सकिने दराज केमु प्रलिले जनाएको छ । मंसिर ८ गतेदेखि १२ गतेसम्म (तदनुसार २४ नाभेम्बरदेखि २८ नोभेम्बर)सम्म ब्लाक फ्राइडे सेलमा ३ सयभन्दा बढी प्रख्यात ब्राण्डका उत्पादनहरु खरिद गर्न सकिने छ

 

सेलमा ४० हजार रुपैंया बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनालाई वल्र्ड लिंकले २५ एमबीपीएसको इन्टरनेट ६ महिनाका लागि निशुल्क उपलब्ध गराउने छ । सेल अवधिमा दराज डट कम डट एनपीमा सेवाग्राहीले दुबाई भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा खरिद गर्न सक्ने छन् । युएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन २१ हजार रुपैंयामा खरिद गर्न सकिने सेलमा नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सकिन्छ ।

 

ब्लाक फ्राइडे सेल मेला सुरु भएको पहिलो १ घण्टामा १ हजारभन्दा बढीको सामान खरिद गर्ने मध्ये १ जोडीले फ्लाई दुबाई र वान ग्लोब ट्राभल्सका तर्फबाट लक्की ड्र मार्फत ४ रात ५ दिनको दुबाई भ्रमणको अवसर पाउने छन् । साथै पहिलो १ घण्टामा २ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेले थप ५ सय रुपैंयाको सामान किन्ने कुपन पाउने छन् । रारा तालसम्मको दोहोरो भ्रमणको प्याकेज तथा ४५ हजार रुपैंया बराबरको गहना पनि उपहार योजनाका विजेताले प्राप्त गर्नेछन् ।

 

ब्लाक फ्राइडे सेललाई नोकिया ८ ले प्रायोजन गरेको हो भने वल्र्डलिंक, युएमई डिजी, फ्लाई दुबाई, समिट एयर, वान ग्लोब ट्राभल्स, र नेपाल इन्भेष्टमेण्ट बैंकले सहप्रायोजन गरेका छन् ।

 

सन् २०१६ मा पनि दराज केमुले ब्लाक फ्राइडे सेलको आयोजना गरेको थियो । उक्त सेलमा दराज केमुमा सुचीकृत भएका बिक्रेताहरुको नियमित कारोबार दैनिक १५ गुणाले बढेको थियो ।

निम्न लिंकबाट अफरमा सहभागी हुन् सकिने दराजले जनाएको छ ।

 वेबसाइट:  https://www.daraz.com.np/

एण्ड्रोईड एप : https://play.google.com/store/apps/details?id=com.daraz.android&hl=en

आईओएस एप: https://itunes.apple.com/us/app/daraz-online-shopping/id978058048?mt=8

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved