जब नेपाल र बंगलादेशका प्रमुख सूचना आयुक्त चन्द्रागिरी पुगे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2017 | 03:19:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशका प्रमुख सूचना आयुक्त प्राध्यापक एमडी गुलाम रहमानले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।अनौपचारिक भ्रमणमा आएका आयुक्त सहितको प्रतिनिधि मण्डललाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आयुक्त रहमानले चन्द्रागिरिप र्वत आउँदा आफुलाई भित्रैदेखि खुशी मिलेको कुरा उल्लेख गरेका छन्  ।मन्दिर सहितको उच्च चन्द्रागिरि पर्वत अत्यन्तै मनमोहक रहेको भन्दै आयुक्त रहमानले छुट्टीमनाउनेहरुका लागि नेपाल उपयुक्त स्थान भएको बताए   ।भ्रमणमा नेपाली समकक्षी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा सहभागी थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved