बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 06:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको भृकुटीमण्डपमा मङ्सिर १४ गतेदेखि नेपाल चेम्बर एक्स्पो संचालन हुने भएको छ। आर्थिक, औद्योगिक एवं वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गरेको हो। मङ्सिर १५ देखि  मंसिर १८ गतेसम्म चल्ने मेलामा १८०  बढी स्टलहरु रहने बताइएको छ।

९० स्टलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी, उद्योगी व्यवसायीहरूको सहभागिता रहने जनाइएको छ। एक्स्पोमा अटोमोबाइल, विद्युतीय घरायसी तथा फर्निसिङ सामाग्री, फेसनदार न्याना कपडा, खानाका परिकार, मोबाइल तथा ग्याजेटका सामानहरु पाइने छ।

त्यस्तै नेपाल लगायत भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चिन, कोरिया, जापान तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने बताइएको छ।

मेलाले नेपाली उत्पादनको बजारीकरणमा टेवा पुर्याउँदै अन्तर्राष्ट्रिय नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनलाई बुझ्न सघाउने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved