आठ वर्षको वारेन्टी सहित भिगार्डको स्मार्ट गिजर अव नेपाली बजारमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 28, 2017 | 12:26:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भिगार्डले स्मार्ट गिजर नेपाली बजारमा ल्याएको छ। त्रिवेणी ग्रुप अन्तर्गत रहेको जीपी ट्रेडिङ कन्सर्नले भारतीय बजारमा रुचाइएको स्मार्ट गिजरलाई नेपाली बजारमा ल्याएको हो। 

भिगार्ड सन् १९७७ मा भारतमा स्थापना भएको एक प्रतिष्ठित कम्पनी हो ।भिगार्ड बाट उत्पादित सम्पूर्ण सामाग्रीहरुले उच्च स्तरीय मान्यता प्राप्त गरेको कम्पनीले जनाएको छ। 

भिगार्ड कम्पनीका गिजरहरुमा ८ वर्षको वारेन्टी रहेको छ । जुन अन्य कम्पनीको तुलनामा धेरै नै भएको कम्पनीको दाबी छ। यसका उत्पादनहरु  आउटर बडि र हिटिङ्ग इलिमेन्ट आईएसआई मापदण्डमा आधारित रहेको छ। यसका उत्पादनहरुमा डब्लु पीइ, आइपी सी एस जस्ता उच्च  स्तरको प्रविधिको प्रयोग भएको कम्पनीले जानकारी दिएको छ।  

जीपी ट्रेडिङ कन्सर्नले विद्युतीय प्रविधिबाट सञ्चालन हुने विभिन्न साईजका गिजर बजारमा ल्याएको छ। भिगार्डले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एक लिटर देखि ५० लिटर सम्मका विद्युतीय गिजर बजारमा ल्याएको छ । 


जाडो महिनामा पानी तताउन प्रयोग गरिने यी तीनै प्रकारका गिजरहरुको आ आफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरुका लागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्ननै नसकिने स्थानहरुमा भने विद्युतीय गिजर नै बढी उपयोगी हुन्छ । त्यस्तै ग्याँस गिजर पनि विद्युत नपुगेको स्थानमा, प्रयोगका हिसावले सहज रहेको छ । 

विद्युतीय गिजर बजारमा आउनु भन्दा पहिले ग्यास गिजर बढी प्रचलित थियो । तर अहिले बजारमा विद्युतीय गिजर आउन थाले पछि यसको माग बढेको छ । विद्युतीय गिजर प्रयोग गर्न सहज हुनुका साथै बढी सुरक्षित हुने बताइएको छ।  विद्युतीय गिजर आफ्नो आवश्यकता अनुसार जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ । यसमा पानीको तापक्रमको मात्रा घटाउन बढाउन पनि मिल्छ । 

विद्युतीय गिजरमा कम्पनीले इन्स्ट्याण्ट र स्टोरेज गरी दुई प्रकारका मोडलहरु बजारमा ल्याएको छ। इन्स्ट्याण्ट मोडलमा पनि दुई प्रकारका मोडलहरु रहेका छन् । इन्स्ट्याण्ट विशेषतः किचेन र वेसिनमा प्रयोग गरिन्छ । यो ३ हजार वाट देखि ४५ सय वाट सम्मका रहेका छन् । यसमा पानी तुरुन्तै तात्दछ । अहिले बजारमा इन्स्ट्याण्ट मोडलका विद्युतीय गिजर एक लिटर देखि तीन लिटर सम्मको पाउन सकिन्छ । 

त्यस्तै स्टोरेज हिटर पनि डोमेस्टिक गिजर र इन्स्टिच्युटनल गिजर गरी दुई प्रकारका रहेका छन् । डोमेस्टिक गिजर सामान्यतया घरका लागि प्रयोग गरिन्छ भने इन्स्टिच्युटनल  गिजर होटल, अफिसमा प्रयोग गरिन्छ । यो २ हजार देखि ३ हजार वाटका रहेका छन् । डोमेस्टिक गिजर ६ लिटर देखि २५ लिटर सम्मका रहेका छन् भने र इन्स्टिच्युटनल गिजर ३५ लिटर र ५० लिटर मा पाउन सकिन्छ । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved