भिसा कार्ड घोटेर भुक्तानी गर्दा अब १० प्रतिशतसम्म पैसा जोगिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 09:36:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बिभिन्न बैंकका भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ग्राहकले १० प्रतिशतसम्म पैसा जोगाउन सक्ने भएका छन। भिसा कार्ड संजालसंग आबद्व बैंकहरुले बिल भुक्तानीको रकम कार्डमार्फत तिर्दा सो रकमको १० प्रतिशतसम्म नगद रकम आफ्नै खातामा फिर्ता हुने योजना  ल्याएका हुन।  

कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकका कार्ड होल्डरहरुले यो सुविधा पाउने छन्।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारका योजना थालिएको कार्यक्रममा जानकारी दिइएको छ। 

इन्भेष्टमेन्टसहित सेन्चुरी, ग्लोबल आइएमई, कुमारी, महालक्ष्मी विकास, मेगा, मुक्तिनाथ विकास, एनसिसी, राष्ट्रिय वाणिज्य, सानिमा र टुरिजम डेभलपमेन्ट बैंकका कार्ड प्रयोगकर्ताहरु यसबाट लाभान्वित हुने छन्। अन्य बैंकहरुको कार्डमा भने यो सुविधा हुनेछैन। 

हरेक सामान तथा सेवाको भुक्तानी कार्डमार्फत गर्दा आफ्नो खातामा ‘क्यास ब्याक’ हुने सम्बद्ध बैंकका कार्ड डिपार्ट प्रमुखहरुले बताएका छन्। यदी क्यास ब्याक नभएमा सम्बद्ध बैंकमा ग्राहकले गुनासो गर्न सक्नेछन्।

मेगा बैंक कार्ड डिपार्ट प्रमुख राकेश श्रेष्ठका अनुसार नगदरहित भुक्तानीमा टेवा पुर्याउने उद्देश्यले यस्तो योजना ल्याइएको हो। माघ १ गतेदेखि कारोबार गर्दा यो योजना लागू हुने उनले जानकारी दिए।

‘सुरुमा हामीले एक महिनाको लागि योजना ल्याएका छौँ, यो अवधिमा परीक्षण गरिसकेपछि पुनः थप्न सक्छौँ’ उनले भने ‘कार्डबाट नगद झिक्न मात्रै नभई पैसा भुक्तानीका लागि पनि प्रयोग होस् भन्नका लागि यो योजना महत्वपूर्ण छ।’

यसअघि समग्र कारोबारमा १० प्रतिशत नै छुट दिनेगरी यिनै बैंकहरुले यो योजना ल्याएका थिए। सो योजना एकदमै प्रभावकारी भएको श्रेष्ठले जानकारी दिए। यसअघि ल्याएको योजनाले कार्डबाट हुने कारोबारमा झण्डै ५२ प्रतिशत बढेको उनले जानकारी दिए। यसबाट पैसा हराउने, चोरी हुने वा नष्ट हुने जस्ता समस्या समेत नरहने भएकाले कार्डबाटै कारोबार गर्न बैंकर्सले सुझाएका छन्।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा प्रत्यक्ष नगदको सट्टा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहन मिल्ने बैंकहरुले विश्वास छ।कार्डलाई एटिएममा घुसाएर पैसा निकाली पुनः त्यो रकम खर्च गर्नुको साटो डाइरेक्ट कार्डबाट कारोबार गराउन आफूहरु लागेको श्रेष्ठले बताए। यसका लागि न्यूनतम ५ सय रुपैयाँको कारोबार हुनुपर्दछ। मासिक कारोबार संख्या पनि तोकिएको छ।

हेर्नुहोस् कार्डबाट मासिक कारोबार गर्दा कति नगद खातामै फिर्ता हुन्छ ?

कारोबार संख्या (मासिक)                  नगद फिर्ता

१ देखि ३ पटक सम्मको कारोबारमा        २% वा अधिकतमा १ सय रुपैयाँ

४ देखि १५ पटक सम्मको कारोबारमा ५% वा अधिकतमा २ सय रुपैयाँ

१६ देखि ३० पटक सम्मको कारोबारमा ७% वा अधिकतमा ५ सय रुपैयाँ

३१ देखि ५० पटक सम्मको कारोबारमा १०% वा अधिकतमा १ हजार रुपैयाँ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved