टाटाले ल्यायो फेसबुकबाट सुन जित्ने योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 06:27:33 PM मा प्रकाशित

laxmi  sunrise bank


टाटा मोटर्सले फेसबुकबाट सुन जित्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ५ जना भाग्यशाली विजेताहरुले १–१ तोला सुन जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्सको फेसबुक पेज लाईक गर्नुपर्ने छ।त्यस्तै टाटा नेक्सनको अर्को योजाना अन्तर्गत ३ जना फेसबुक प्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन पनि जित्न सक्नेछन्।

यसका लागि फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अपडेट गर्नुपर्नेछ। अपडेट गरिएको प्रोफाइल पिक्चरमा वा अपडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा #TATANexon गरेर कमेन्ट गर्नुपर्नेछ। टाटा नेक्सनको यस फेसबुक अभियान फेब्रुअरी २०१८ मा अन्त्य हुने कम्पनीले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved