रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजमा नै कार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 07:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । 

यो योजना आज माघ २४ गतेबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने ब्यवस्था मिलाएको छ । 

यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र आर्कषक नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टि समेत दिएको छ । 

यो अफर नेपालभर रहेका रेनो शोरुमहरुबाट ग्राहकले लिन सक्ने छन् । यस अफरले निकै सस्तो ब्याजदरमा ग्राहकले रेनोका उत्कृष्ट र आर्कषक कारहरु खरिदगर्न सक्ने छन् ।

हाल नेपालमा रोनेका ५ मोडलका कारहरु बिक्री वित्तरण दुँदै आइरहेका छन् । जस्मा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved