पुरानो सुट साटेर नयाँ लैजाने अफर, ३ जोर सुट लिनेलाई चार पांग्रे जित्ने अवसर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 16, 2018 | 07:06:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सुट बैंक एण्ड फेशन डिजाईन प्रालिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ। ग्राहकहरुको चाहना बमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीका अध्यक्ष भोजराज सिवाले बताए। 

सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदा पनि भ्याट लगाउने गरिएकोले नेपाली व्यवसायीहरु दोहोरो मारमा परेको व्यवसायीको गुनासो छ।  । दोहोर भ्याटका कारणले गर्दा छिमेकी मुलुक भारत र चीनसँग व्यापार प्रतिष्पर्धा गर्न सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ।

बजारमा नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि घरको दराजमा थन्किएको रुपमा मात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सकिने कम्पनीले जानकारी दिएको छ। 

ग्राहकले ल्याउने कोट तथा सुटको उचित बजार व्यवस्थापनको लागि कोट तथा सुटको गुणस्तर हेरी मुल्यांकन गरिने कम्पनिको भनाई छ। नयाँ सुट तथा कोटको प्रयोगका लागि आर्थिक रुपमा ग्राहकवर्गलाई सहज होस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्न सक्छ भन्ने योजनाको साथ अति उपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रम ल्याईएको हो।

प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ । जसमा चार पांग्रे गाडी उपलब्ध गराईनेछ र १५०० वटा लक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved