निजि गाडी किन्नेको संख्या ह्वात्तै बढ्यो, चार महिनामै ६ हजार बढी साना गाडी दर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 23, 2018 | 05:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद बढेको छ ।बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना/ठूला सवारी साधनसवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा दशौं गुणा बढी निजी सवारी दर्ता भएका देखिन्छ ।

यो आर्थिक वर्षको शुरुदेखि कात्तिकसम्म हेर्दा ६ हजार ६०२ वटा कार, जिप भ्यान दर्ता भएको प्रशासन शाखामा कार्यरत अमरसिंह ओलीले बताए। “यही अवधिमा सार्वजनिक बस, मिनीबस र माइक्रोबस गरेर जम्मा ६७४ वटा नयाँ दर्ता भएका छन्  । तथ्यांक हेर्दा सार्वजनिक नं प्लेट भन्दा धेरै गुणा बढी निजी नं प्लेटका गाडी दर्ता भएका छन्,उनले भने “दशैं–तिहारलगायतका समयमा निजी गाडी किन्ने अझै बढी हुन्छ ।”

निजी सवारी साधनको खरिद पाँच वर्षयता अझै बढेको देखिएको छ । भूकम्प आएको वर्ष २०७२/७३ मा निजी नम्बर प्लेटका  २१ हजार ६४७ कार, जिप, भ्यान दर्ता भएका थिए । कार्यालयमा गत कात्तिकसम्म एक लाख ७१ हजार ९६ वटा कार, जिप भ्यान दर्ता भएका छन् । हालसम्म जम्मा ११ हजार ९३८ वटा बस, सात हजार १८३ वटा मिनिबस र तीन हजार ७९९ वटा माइक्रोबस कार्यालयमा दर्ता भएका छन् । रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved