एलजि कम्पनीले जुनसुकै ब्राण्डको एसि निशुल्क सर्भिसिङ गरिदिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 11:30:53 AM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी बढ्न थालेसँगै एलजि कम्पनीले यसवर्ष पनि “फ्रि एलजि एसि सर्भिसिङ क्याम्प २०१८” गर्ने भएको छ । यस क्याम्प अन्तर्गत ग्राहकले जुनसुकै ब्राण्डको एसि पनि निशुल्क सर्भिसिङ गराउन सक्ने एलजिले जनाएको छ । एलजि कम्पनीकै एसि भएमा सर्भिसिङ गराउँदा स्पेयर पार्टस्मा विशेष छुट दिने र नयाँ एलजि एसि खरिद गरेमा वा अन्य कुनै कम्पनीको एसि एलजिको एसिसँग सट्टापट्टा गरेमा पनि विशेष छुट पाईने कम्पनीले जानकारी दिएको छ ।

यस क्याम्पअन्तर्गत पहिलो चरणमा काठमाडौं, नारायणगढ, बुटवल, पोखरा, नेपालगंज र धनगढीमा क्याम्पको लागि रेजिस्ट्रेशन गर्न सकिने छ भने दोस्रो चरणमा विराटनगर, इटहरी, धरान र विर्तामोडमा रेजिस्ट्रेशन गर्न सकिने छ एलजिले जनाएको छ । फाल्गुण २० गते देखि चैत्र ०२ गतेसम्म पहिलो चरणको रेजिस्ट्रेशन गर्न सकिने र चैत्र ०४ देखि चैत्र १६ सम्म दोस्रो चरणका लागि रेजिस्ट्रेशन गर्न सकिने कम्पनीले जनाएको छ । 

नेपालमा चौधरी ग्रुप अन्तर्गतको सि.जी. इम्पेक्स प्रा.ली.ले एलजि ब्राण्डको आधिकारी विक्रेताको अख्तियारी पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved