स्मार्ट टेलिकमको नयाँ सेन्टर भक्तपुरको सुर्यविनायकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 03:57:41 PM मा प्रकाशित

laxmi  sunrise bank

  स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायक स्थित आर एन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । आज चैत १ गतेबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ । सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदान गर्ने नयाँ नयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले सेन्टर बाट सहजै प्राप्त गर्न टेलिकमले बताएको छ । 

स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका थिए । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नै  सेन्टरको रहेको उनले उल्लेख गरे । यस अघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतली सडकमा पनि आफ्नो सेन्टरको स्थापनागरि सकेको छ भने आगामी दिनमा पोखरामा आफ्नो सेन्टर स्थापना गर्नेे टेलिकमले जनाएको छ ।  नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने कम्पनीले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved