‘पूरानो सुट ल्याउनुहोस् नयाँ लिएर जानुहोस्’ योजना लागू,

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 18, 2018 | 06:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सुट बैंक एण्ड फेशन डिजाईनको ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक बम्पर योजना लागु भएको छ । पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले एक महिना अघि नै ल्याईएको उक्त अफर आजबाट लागु भएको हो।

यस प्रकारको अफरले आर्थिक अवस्था कमजोर भएकाको समेत कोट पाइन्ट लगाउने सपना पुरा हुने कम्पनिको दाबि छ । 'सुट लाउने चाहना  सबैको हुन्छ, तर आर्थिक अभावकै कारण सुट लगाउनबाट धेरै बन्चित छन,त्यसैले हामिले यस्तो योजना ल्याएका हौँ' कम्पनिका अध्यक्ष भोजराज सिवाले भने। 

बजारमा नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि घरको दराजमा थन्किएको रुपमा मात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सकिने कम्पनीले विश्वास दिलाएको छ ।

ग्राहकले ल्याउने कोट तथा सुटको उचित बजार व्यवस्थापनको लागि कोट तथा सुटको गुणस्तर हेरी मुल्यांकन गरिने कम्पनिको भनाई छ।  ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्न सक्छ भन्ने योजनाको साथ अति उपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने बिस्वासका साथ यो योजना ल्याइएको जनाइएको छ। 

प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ । जसमा चार पांग्रे गाडी उपलब्ध गराईनेछ र १५०० वटा लक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ ।

अध्यक्ष सिवाले सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदा पनि भ्याट लगाउने गरिएकोले नेपाली व्यवसायीहरु दोहोरो मारमा परेको गुनासो गरे 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved