ह्वावे Y9 अप्रिलमा नेपालमा लन्च हुँदै , हेर्नुहोस् के के छन् विशेषता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 10:37:05 AM मा प्रकाशित

laxmi  sunrise bank

ह्वावे स्मार्टफोन कम्पनीले आगामी अप्रिलमा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च गर्न गर्ने भएको छ । ह्वावे Y9 मा 13 MP र 2 MP को डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा F/2.0 को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्न ह्वावे Y9 मा 16 MP र 2 MP को दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमा F/2.0 को एपेचर र टोनिङ् प्mल्यास छ । 

ह्वावे Y9 मा दुवै रिअर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड र ब्याक क्यामरामा बोके इफेक्ट, मुभिङ् फोटो र एआर लेन्सहरु छन्, जसमा फन् फिल्टर र ड्रेस अप सेल्फीका साथै ह्याण्ड र भ्वाइस् जेस्चर मोड जस्ता अत्याधुनिक क्यामरा फिचरहरु छन् । यसमा मानव अनुहारको गहिरो अनुसन्धानबाट विकसित गरिएको स्मार्ट फेस रेकग्नीशनको फिचर छ, जसले गर्दा यो फोनले मानिसको लिङ्ग र त्वचाको टोन पहिचान गर्नसक्नेछ । Y9 मा १८ः९ आस्पेक्टको फुलभ्युउ डिस्प्ले छ, जसले ग्राहकलाई दुई वटा एप्लिकेशन एकै साथ चलाउन मद्दत गर्छ । Y9 मा 265GB को थप गर्न मिल्ने मेमोरीको साथ 3GB RAM मा 32GB ROM का साथै नवीनतम् EMUI 8.0 अपरेटिङ सिस्टम छ । 

4000 mAh को ठूलो ब्याट्रीले यो फोनलाई अझ पावरफुल बनाएको छ । Y9 मा ट्रिपल स्लट, डुअल सिम फिचर र मेमोरी कार्डको लागि छुट्टै स्लट छ । ह्वावेको Nova 2i ले नेपालमा पाएको सफलतापछि Y9 मा पनि सोही किसिमको अपेक्षा गरिएको छ । ह्वावे Y9 को अग्रीम–बुकिङ ३१ मार्चसम्म खुल्ला छ र अग्रीम–बुकिङ गर्नेले ह्वावे A1 फिटनेस ब्याण्ड पाउनेछन् । ग्राहकले अग्रीम–बुकिङ गर्न आफ्नो नजिकको ह्वावे शोरुममा आफ्नो परिचय खुलाउने कागजातको प्रतिलिपिका साथ रु. ३ हजार जम्मा गर्नुपर्नेछ । यो फोटो एक्सपर्ट अप्रिल २०१८ को पहिलो हप्तामा बजारमा भित्रिनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved