पञ्चकन्या ग्रुप र सहरी विकासका प्रतिनिधिहरुबीच अन्तरक्रिया

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2018 | 03:53:12 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या ग्रुप र सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । उद्योगद्धारा उत्पादित निर्माण सामाग्रीहरुको बारे जानकारी गराउने उद्देश्यले पञ्चकन्या ग्रुपले सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको हो । पञ्चकन्याले आप्mना उत्पादन, गुणस्तर र प्रविधिक पक्ष र भावि योजनाको बारेमा अन्तरक्रिया गरेको हो । 

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जल कुमार श्रेष्ठले उद्योगका उत्पादनबारे प्रकाश पारे । पञ्चकन्याका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर शम्भु कर्णले कम्पनीको लाइट गेज स्टिल स्टक्चरको (एलजिएस) विषयमा र कम्पनीका सेल्स म्यानेजर हर्कबहादुर थापा मगरले एचडिईपी, पिभीसी, पिपिआर र सिपिभिसी पाइपका विषयमा जानकारी गराएका थिए । 

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरी शर्मा सहितको उपस्थितीमा भएको उक्त कार्यक्रममा उद्योगले उत्पादन गरेको विभिन्न पाइप, प्लास्टिक, डन्डी, फिटिङ सामाग्री र ती सामाग्रीहरुको गुणस्तरीयताबारे छलफल भएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved