एलजीको नयाँ वर्ष योजना : ‘शुभकामना सम्पूर्ण नेपालीलाई’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 10:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्षको अवसरमा ‘एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ भन्दै एलजीले सामाग्रीको खरिदमा निःशुल्क उपहार योजना ल्याएको छ । कम्पनीले एलजी होम इन्टरटेन्मेन्ट अफर अन्तर्गत ४ बर्ष वारेन्टी र ३० प्रतिशतसम्मको छुट दिने भएको छ । ५५ इन्च वा सो भन्दा माथीको ओएलइडी तथा सुपर युएचडी टिभी किन्दा एसएच ४ साउण्डबार उपहार दिने, ५५ र ४९ इन्च युएचडी टिभीको खरिदमा एलएच ६४ होम अडियो उपहार दिने कम्पनीले जनाएको छ । ग्राहकले नर्मल र स्मार्ट टिभीको खरिदमा ४ वर्षको वारेण्टी पाउनेछन् । 

ग्राहकले एलजी होम एलाएन्स अफरको रुपमा साइड बाइ साइड रेफ्रिजेरेटर खरिद गर्दा १८ हजार ९ सय ९० रुपैयाँ पर्ने भ्याकुम क्लिनर, डकल डोर रेफ्रिजेरेटर खरिद गर्दा ६ हजार ३ सय २० रुपैयाँ पर्ने पिज्जा र अम्लेट मेकर उपहार स्परुप प्राप्त गर्ने जनाएको छ । 

त्यस्तै सिङगल डोर रेफ्रिजेरेटरमा ८ सय ५० रुपैयाँ पर्ने ड्राइ आइरन, फ्रन्ट डोर वासिङ मेसिनमा ५ हजार ६ सय ९० रुपैयाँ पर्ने २० लिटरकोे बाटर प्युरिफायर गोल्ड प्लस, टप लोड वासिङ मेसिनमा १हजार ५ सय ९० रुपैयाँ पर्ने राइस कुकर उपहार दिने कम्पनीले जनाएको छ । 

डिसवासरको खरिदमा १ हजार ५ सय रुपैयाँ पर्ने डिटर्जेन्ट र लिक्विड, माइक्रोवेभ ओभन खरिदमा २ हजार मुल्य पर्ने कुकिङ किट र एअर कन्डिस्नरको खरिदमा २ हजार ६ सय ५० रुपैयाँ बराबरको निःशुल्क जडान लगायतका उपहारहरु रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना चैत्र १९ गते देखि लागु भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved