यामाहा ‘आमन्त्रण’ अफर : पहिलो ग्राहकलाई सित्तैमा मोटरसाईकल

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 10:33:48 AM मा प्रकाशित

laxmi  sunrise bank

यामाहा ‘आमन्त्रण’ अफर अन्तर्गत पहिलो ग्राहकले सय प्रतिशत छुटमा मोटरसाईकल पाएका छन् । 

सुनसरीको इनरुवास्थित घर भएका विपिन दाहालले सित्तैमा मोटरसाइकल पाएका हुन् । उनले इटहरीसिथत तिरुपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिदमा नयाँ वर्षको योजना अन्तर्गत स्क्र्याचमा सय प्रतिशत क्यासब्याक पाएको कम्पनीले जनाएको छ । उनले पहिलो स्क्र्याचमा पाँच हजार डिस्काउन्ट, दोस्रो, तेस्रो र चौथोमा सामान्य उपहार र पाँचौं तथा अन्तिम स्क्र्याचमा बाइक प्राप्त गरेका हुन् । 

यामाहाले नयाँ वर्षको अवसरमा ‘आमन्त्रण’ नामक योजनामा ल्याएको छ । यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने कम्पनीले जनाएको छ । ग्राहकले स्क्र्याच गर्दा पाँच हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउने छन् । 

चैत १ बाट सुरु भएको यामाहाको नयाँ वर्ष योजना बैशाख ३१ सम्म चल्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved